आइतबार, पुष ६, २०८२

संविधान दिवसको अवसरमा ८ कैदीलाई माफी, ५२३ जनाको कैद मिनाहा

मेरोन्यूज २०७८ असोज २ गते १८:००

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी दिएकी छन् भने ५२३ जनाको कैद मिनाहा गरेकी छन् ।

पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद मिनाहा गरिएको हो ।

असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद मिनाहाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया