शुक्रबार, पुष ४, २०८२

प्रधानको आरोपः ओलीका कारण राजनीतिक अस्थिरता

गठबन्धन दलकै कारण मन्त्रिपरिषद् अपूर्ण

मेरोन्यूज २०७८ असोज २ गते १९:४५

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अस्थिरता केपी शर्मा ओलीका कारण आएको बताएका छन् ।
उनले तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्ने र संसद विघटन गर्ने जस्तादेश र जनताको लागि अहित काम गरेको भन्दै अहिलेको सरकारले त्यसलाई निश्चित गन्तव्यमा ल्याउने काम गरिरहेको बताए ।
उनले दुई महिनामै देउवा नेतृत्वको सरकारको मूल्यांकन गर्नु नहुने भन्दै गठबन्धनमा आवद्ध दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको स्वीकार गरे ।
नेता प्रधानले सरकारले केही दिनमै पूर्णता पाउने दाबी गरे । सरकारले पूर्णता पाएपछि द्रुत गतिमा काम हुने र अहिले कोभिड १९ को उपचारमा सरकार केन्द्रित रहेको उनको भनाई छ ।

प्रतिक्रिया