प्रधानको आरोपः ओलीका कारण राजनीतिक अस्थिरता
गठबन्धन दलकै कारण मन्त्रिपरिषद् अपूर्ण
मेरोन्यूज
२०७८ असोज २ गते १९:४५

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अस्थिरता केपी शर्मा ओलीका कारण आएको बताएका छन् ।
उनले तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्ने र संसद विघटन गर्ने जस्तादेश र जनताको लागि अहित काम गरेको भन्दै अहिलेको सरकारले त्यसलाई निश्चित गन्तव्यमा ल्याउने काम गरिरहेको बताए ।
उनले दुई महिनामै देउवा नेतृत्वको सरकारको मूल्यांकन गर्नु नहुने भन्दै गठबन्धनमा आवद्ध दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको स्वीकार गरे ।
नेता प्रधानले सरकारले केही दिनमै पूर्णता पाउने दाबी गरे । सरकारले पूर्णता पाएपछि द्रुत गतिमा काम हुने र अहिले कोभिड १९ को उपचारमा सरकार केन्द्रित रहेको उनको भनाई छ ।
सम्बन्धित
















पर्साबाट २ सय १३ किलो गाँजा बरामद
ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया