विधान महाधिवेशन तयारी छलफल
एमालेमा नेकपाकालकै जस्तो सचिवालय बनाउन प्रस्ताव
अध्यक्षसहित सवै पदाधिकारी र केन्द्रीय सदस्य पनि निर्वाचित हुनुपर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा नेकपाकालकै जस्तो पार्टीको सर्वाेच्च निकाय सचिवालय गठनको प्रस्ताव गरिएको छ । पार्टीमा अध्यक्षको नेतृत्वमा ७ सदस्यीय सचिवालयको प्रस्ताव गरिएको छ ।
विधान महाधिवेशनको तयारीमा रहेको एमालेले विधानमै सचिवालय ब्यवस्थाको प्रस्ताव गरेको हो ।
‘नेकपामा जस्तै सात सदस्यीय सचिवालयको प्रस्ताव पार्टीभित्र आएको छ, अध्यक्षकै नेतृत्वमा सचिवालय बनाउने प्रस्ताव छ । अहिले विधानमा महासचिवको नेतृत्वमा कार्यलय सम्बन्धी सचिवालय रहेको छ । तर अध्यक्षकै नेतृत्वमा पार्टीको सर्वाेच्च निकायका रुपमा रहने गरी सचिवालयको प्रस्ताव आएको छ,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने ।
एमाले र माओवादीबीच एकता हुँदा दुई अध्यक्षसहित ९ सदस्यीय सचिवालय बनाइएको थियो । तर यो पार्टी एकता टिक्न नसकेपछि एमाले र माओवादी आफ्नै पूर्ववत संगठनात्मक संरचनामा फर्केको छ । तर एमालेमा अव नेकपाकालको जस्तै सचिवालय गठनको प्रस्ताव भएको हो ।
विधानबाट पोलिटब्यूरो संरचना हटाइने भएको छ । एमालेमा अहिले पोलिटब्यूरो, वैकल्पिक पोलिटब्यूरो सम्म रहने ब्यवस्था थियो । तर अहिले पोलिटब्यूरो हटाउने प्रस्ताव आएको छ ।
प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाएर सचिवको संख्या बढाइएको छ । तीन जना उपाध्यक्ष र प्रदेश तहवाट गरी ७ जना सचिव रहने गरी ब्यवस्था गर्ने गरी प्रस्ताव आएको पनि नेताहरुले बताएका छन् ।
नवौं महाधिवेशनमा उपाध्यक्ष र सचिवको संख्या पाँच, पाँच रहेको थियो । उपमहासचिव भने २ जना रहने छन् । केन्द्रीय कमिटी भने २ सय २५ जनाको रहने प्रस्ताव गरिएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् महाधिवेशनको प्रतिनिधिलाई बनाउने प्रस्ताव गरिएको छ ।
अध्यक्षसहित सवै निर्वाचित
एमालेले यस अगाडि विधान महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य मात्र निर्वाचित हुने प्रस्ताव गरिएको थियो । तर अध्यक्ष मात्र निर्वाचित हुने र पदाधिकारी निर्वाचित केन्द्रीय समितिबाट मनोनित हुने ब्यवस्थाले पार्टी नेतृत्वको दास वन्ने र उनको आलोचना गर्न समेत नसक्ने र अध्यक्षकै वरिपरि घुम्नेले मात्र अवसर पाउन सक्ने भन्दै त्यसमा चर्काे असन्तुष्टि बढेपछि एमालेले अव अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ ।
स्थायी कमिटी बैठकमा संगठन विभागले त्यस्तो प्रस्ताव गरेको हो ।
त्यसैगरी कार्यकारी पदमा निर्वाचित हुनका लागि ७० वर्षे उमेरहदको व्यवस्था कायम राखेर प्रस्ताव गरिएको छ ।
एमालेको विधान सम्मेलन असोज १५, १६ र १७ गते हुदैछ । एमालेको आइतबारको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी र सांगठानिक प्रतिवेदनमाथि छलफल शुरू भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आइतबारको बैठकमा अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले धारणा राखेका थिए ।
सोमबार पुन: एमाले स्थायी कमिटि बैठक बस्नेछ । दिउँसो १ बजे बैठक बस्ने र बाँकी सदस्यले सुझाव राखेपछि आवश्यक सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जानकारी भट्टराईले दिए । केन्द्रीय कमिटीबाट पनि आएका सुझावलाई समेटेर विधान महाधिवेशनमा प्रतिवेदन पेस हुने उनको भनाइ छ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया