प्रतिनिधि सभाको बैठक : विनियोजन विधेयक पास गर्ने सरकारको तयारी, एमालेले संसद् अवरोध कायमै राख्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन विधेयक पास गर्ने तयारी गरेको हो ।
संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुनेछ । त्यसपछि सांसदहरुले उठाएको प्रश्नको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनेछन् ।
अर्थमन्त्रीले जवाफ दिएपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जानेछ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावपछि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी रहेको छ ।
तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद बैठक अवरोध गर्ने जनाएको छ । एमाले सचेतक शान्ता चौधरीले आजको संसद बैठक पनि अवरोध कायमै गर्ने बताइन् । २३ भदौबाट सुरु भएको संसद बैठक एमालेले लगातर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण सरकारले विनियोजन विधेयक पास गर्न सकेको छैन । विधेयक पास नहुँदा सरकारको खर्च रोकिएको छ ।
अर्थमन्त्री शर्माले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक संसदमा विचाराधिन भएपछि सरकारी कोषबाट रकम खर्च गर्न पाएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । उक्त बजेटलाई प्रतिस्थापन गर्ने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक पेश गरेका थिए । तर उक्त विधेयक संसदबाट पास हुन सकेको छैन ।
यसअघि ल्याएको बजेट ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत संसदमा पारित गर्नुपर्ने संवैधानिक ब्यवस्था छ । तर ६० दिनमा विधेयक पारित नभएपछि सरकारको खर्च राकिएको छ । सरकारले बजेटको प्रतिस्थापन विधेयक यही असोज १२ गतेभित्र पारित गरेर बजेट होलिडे अन्त्य गर्ने तयारी गरेको छ ।

















Developing country requires energy of youth, vision of experienced generation: UML Chair
सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया