संसदमा आज पनि एमालेको नारावाजी, नारावाजी वीच नै संसद सूचारु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा नारावाजी गरेको छ । संसद बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको र सभामुखले निश्पक्ष भूमिका निर्वाह नगरेको आरोपमा एमालेले लगातार संसदमा नारावाजी गरिरहेको छ । आज पनि बैठक शुरु भएलगत्तै एमालेले त्यही श्रृंखला दोहोराउने काम गरेको थियो ।
तर सभामुख अग्नि सापकोटाले आजको बैठक पनि एमाले नारावाजीकै वीचमा सुचारु गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी अनुरुप सरकारले आजको बैठकमा बिनियोजन विधेयक पारित गर्ने योजना बनाएको छ । त्यही कारण पनि प्रतिपक्षी दलको नारावाजीकै वीचमा सभामखुले संसदको बैठक चलाएका छन् ।
विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका छन् । संसदमा दर्ता भएका संशोधन प्रस्तावहरू र विनियोजन विधेयक निर्णयार्थ पेस गरिने कार्यसूचीमा उल्लेख छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूचि पनि आजको बैठकमा छ ।

















NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
प्रतिक्रिया