बिहीबार, फागुन ७, २०८२

प्रतिनिधिसभाबाट बजेट पारित गरेकोमा एमालेको आपति

मेरोन्यूज २०७८ असोज ४ गते १३:५१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले एकतर्फीरूपमा बजेट पारित गरेकोमा आपति जनाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले विनियोजन विधेयक पारित गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेको नाराबाजी र संसद् बैठक अवरोधकाबीच सरकारले विनियोजन विधेयक पारित गरेको हो । सरकारले विधेयक पारित गरेपछि एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन खोजिएको बताएको छ । एमालेले सभामुखको कार्यशैली अलोकतान्त्रिक र संसदीय मर्यादाविपरीत रहेको बताएको छ ।

संसदमा प्रस्तुत भएका विषयभन्दा पनि सभामुखको कार्यशैली र उनले एमालेप्रति गरेको विभेदका कारण आफूहरुले आन्दोलन गरेको एमाले मुख्य सचेतक विशाल भट्टराईले बताए । उनले एमालेमाथि भएको अन्याय नहटेसम्म अवरोध जारी रहेन बताए । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ कांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया