एमालेको स्थायी कमिटी बैठक: सबै पदाधिकारी हलबाटै निर्वाचित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ ।
सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल भएको हो ।
बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रश्ताव, संगठन सम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा सुझाव दिएको बताए ।
उनले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको बताए ।
बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उनले बताए ।
विभाग प्रमुख भट्टराईले पार्टी अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए । आइतबारदेखि एमाले स्थायी कमिटी बैठक शुरु भएको थियो ।

















सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया