गाई काटेको आरोपमा १० जना समातिए
मेरोन्यूज
२०७८ असोज ४ गते १९:५६

हेटौडा । नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर छन् ।
यस्तै, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया