बिहीबार, फागुन ७, २०८२

नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै

मेरोन्यूज २०७८ असोज ५ गते ८:३३

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी (एस)को पहिलो केन्द्रीय कमिटी बैठक बस्दै छ । नेकपा एमाले विभाजन गरेर माधव कुमार नेपालले नयाँ दर्ता गरेको पार्टीको मंगलबार पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठक वुद्धनगरको क्वालिटी ब्याडकेटमा दिउँसो २ बजे बस्ने छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, पार्टीको अबको नीति , सरकारमा सहभागिता लगायत समग्र विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एसको केन्द्रीय पार्टी कार्यालय बनिसकेको छ । देशका ५५ जिल्लामा पार्टीको जिल्ला स्तरीय संरचना निर्माण भईसकेको नेकपा एसले बताएको छ । नेकपा एसको जनवर्गीय संगठन पनि बन्ने क्रममा रहेको बताइएको छ ।

सरकारले राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश जारी गरेपछि माधव नेपालले एमाले विभाजन गरी नयाँ पार्टी बनाएको हुन् ।

प्रतिक्रिया