एमालेको रिटमाथि सुनुवाई हुँदै

काठमाडौँ । नेकपा एमालेको रिटमाथि आज पनि बहस हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुने भएको हो ।
ओलीले नयाँ पार्टीको मान्यता पाएका १४ जना संघीय सांसद र २ जना प्रदेश सांसदको पदमुक्तिको कारबाही सदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सोमबार न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामाथिको सुनुवाइ आज पनि जारी रहनेछ ।
एमालेले माधव कुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरी पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो । तर सचिवालयले कुनै निर्णय नगरेपछि माधव नेपालले नयाँ दल दर्ता गरेका थिए ।
निर्वाचन आयोगले नेपालको दललाई मान्यता दिएपछि सचिवालयले कारबाही नगर्नु पर्ने सूचना टाँस गरेको थियो । त्यसविरुद्ध एमाले सर्वोच्च अदालतमा गएको थियो । एमालेले सभामुख सापकोटाले १४ सांसदलाई कारबाही नगरी एमाले विभाजनमा सहयोग गरेको भन्दै प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएको छ ।

















एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
क्यालिफोर्नियाको हिमपहिरोमा परी आठ स्की खेलाडीको मृत्यु
Developing country requires energy of youth, vision of experienced generation: UML Chair
सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया