चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप

काठमाडौं । सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइने बताए ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु¥याउने अभियानलाई प्रभावकारी ढंगले अगाढि बढाइरहेको दाबी गरे ।
मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले आफूहरु सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पु¥याउन सफल भएको पनि दाबी गरे ।
मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भईरहेको उल्लेख गरे ।
मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाढि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे ।
उनले ‘नो भ्याक्सिन’को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठूलो उपलब्धि भएको तर्क समेत गरे ।
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया