बिहीबार, फागुन ७, २०८२

डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

मेरोन्यूज २०७८ असोज ६ गते १०:५१

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् । खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको जानकारी राष्ट्रपतिसमक्ष पठाइएको बताइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ गराउने जनाइएको छ । खड्का आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय गरिएको छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया