शुक्रबार, फागुन ८, २०८२

परराष्ट्रमन्त्री खड्काको शपथ १ बजे

मेरोन्यूज २०७८ असोज ६ गते १२:५१

काठमाडौँ । परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको शपथ ग्रहण दिउँसो १ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउने भएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री शेर बहादुर देउवाले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै दिउँसो १ बजे शपथ समारोहको आयोजन गरिएको छ ।

कांग्रेस नेता खड्काले आजै परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया