मन्त्री नियुक्तिमा असन्तुष्टि जनाएको पौडेल समूहको छुट्टै बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस पौडेल पक्षको बैठक बसेको छ । महामन्त्री शंशाक कोइराला निवास महाराजगंज पौडल पक्षको पक्षको बैठक जारी छ ।
दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक सुरु भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलै नगरी नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले असन्तुष्टि व्यक्त गदै आएको छ ।
बैठकमा सहभागी एक नेताले मेरो न्युजसँग भने, ‘सभापति देउवाले पार्टीमा छलफल नै नगरी मन्त्री नियुक्त मनलाग्दी गर्नु भयो,अब कसरी अगाडी बढ्ने विषयमा अहिले बैठक बसेको हो ।’
आजै दिउँसो ३ बजे देउवाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तार,पार्टीको १४ औँ महाधिवेशनको तयारी र १३ जिल्लाका क्रियाशील सस्यताको टुंगो लगाउने विषयमा छलफल हुने जनाइएको छ ।
देउवाले प्रधानमन्त्री नियुक्त भएको ७२ दिनपछि बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्न सिफारिस गरेका थिए ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
प्रतिक्रिया