बिहीबार, पुष ३, २०८२

कांग्रेसको गाउँ नगर अधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय

मेरोन्यूज २०७८ असोज ६ गते १८:१०

काठमाडौं । नेपाली कांग्रेसले गाउँ र नगरपालिका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले गाउँ तथा नगरपालिका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय भएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।

उनले भने,‘ असोज ९ गते वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लाको नगरपालिका अधिवेशन गर्ने अन्य विवादित १३ जिल्लाको पछि मिति तोकेर गर्ने निर्णय भएको छ । ’

असोज ९ गते नै नगरपालिका अधिवेशन गर्ने भदौं २५ गते तोकिएको छ ।

बुधबार नै महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले बाँकी रहेका १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेरमात्रै गाउँ÷नगरपालिका अधिवेशन गर्न माग गरेको थियो ।

प्रतिक्रिया