शुक्रबार, फागुन ८, २०८२

परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्रीबाट बधाई

मेरोन्यूज २०७८ असोज ७ गते ६:५९

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्रीमा डा नारायण खड्कालाई भारतका बाह्य मामिलामन्त्री एस जयशंकरले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले नेपालका परराष्ट्रमन्त्री खड्कासँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् । यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट बताए । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्री खड्का न्यूयोर्क गएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया