माधव नेपालको पार्टीमा बेदुराम भुसाल बने महासचिव

काठमाडौं । एमाले विभाजित पछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महासचिवमा नेता बेदुराम भुसाल चयन हुने भएका छन् । उनलाई अहिले पार्टी केन्द्रीय समिति बैठकले महासचिव चयन गर्ने नेकपा एकीकृत समाजवादीका एक् नेताले बताए ।
उक्त पार्टीमा अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल मात्रै चयन भएका छन् । महासचिव कसलाई बनाउने भन्नने आजको बैठकको कार्यसूचि तय भएको थियो ।
विहान सचिवालयका नेताहरुका वीचमा भएको छलफलले भुसाललाई अहिले महासचिव बनाएर जानेमा सहमति जुटेको छ । उनी अव केन्द्रीय समिति बैठकले उक्त प्रस्ताव अनुमोदन भएपछि महासचिव बन्ने छन् ।
उनी नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सभा दलका नेता पनि हुन् । माधव नेपालसँग अन्त्यन्त निकट रहेर काम गरेका भुसाललाइृ पार्टीले महासचिव बनाउने भएपछि अन्य प्रतिस्पर्धामा रहेका नेताहरुले पनि सहमति जनाएका थिए ।
महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायत नेताहरु लागि परेका थिए ।
तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।
नेकपा (एकीकृत समाजवादी)को पार्टी अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने ब्यवस्था छ ।
आज बस्ने बैठकले नेताहरुको कार्यविभाजन समेत गर्नेछ ।
जीवन राईको पार्टीसँग एकता
नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह भने अहिले रोजिसकेको छैन । तर उसले आफ्नै कार्यकर्ता रहेका जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत सँग पार्टी एकता गर्ने र नेकपा एकीकृतको चुनाव चिनह कलम लिने गरी समझदारी जुटाउने प्रयास भएको छ ।
विगतमा एमालेमै रहँदा सुरेन्द्र पाण्डे लगायत नेताहरुले राईलाइ नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता गराईराख्न निर्देशन गरेका थिए । सोही अनुसार उनले नेकपा एकीकृत कलम चुनाव चिन्ह लिने गरी दर्ता गराएका थिए ।
उक्त पार्टीसँग पार्टी एकता गरेर चुनाव चिन्ह कलम लिने गरी भित्री छलफल शुरु भईसकेको छ । एकताका लागि माधव नेपालले नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिईसकेका छन् । राईलाई पार्टीको केन्द्रीय सदस्य बनाउने र निर्वाचन आयोगमा दर्ता गर्दा उक्त पार्टीको केन्द्रीय कमिटिमा रहेका नेताहरुको ब्यवस्थापन पनि उचित मूल्याकंनका आधारमा गर्ने गरी एकताको प्रस्तावमा दुई पक्षवीच छलफल पारम्भिक चरणमा भईसकेको छ ।
छलफल सकारात्मक रहेकोले निकट दिनमै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जीवन राई नेतृत्वको नकेपा एकीकृत सँग एकता गर्ने र चुनाव चिन्ह कलम लिने समझदारी वन्ने सम्भावना निकट पुगेको छ ।

















डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया