पार्टी कब्जा गर्ने गरी गुण्डागर्दी शैली देखाए : नेता कोइराला
मेरोन्यूज
२०७८ असोज ७ गते १४:२६

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी कब्जा गर्ने हिसाबले नेताहरू लागेको बताएका छन् । उनले जिल्ला जिल्लामा नेताहरूले पार्टी कब्जा गर्ने गरी गुण्डागर्दी शैली देखाएका बताएका हुन् ।
पार्टी कार्यालय सानेपामा क्रियाशील विवादका कारण धर्नामा बसेकाहरूको समर्थन गर्दै उनले भने, ‘नेपाली कांग्रेसलाई कदापि स्वीकार्य हुँदैन, गुण्डागर्दी गर्न यस्ता तत्व जिल्ला जिल्लामा परास्त हुन्छन भन्नेमा म विश्वस्त छु, शान्तिपूर्ण आन्दोलन गर्नुस् संयमित ढंगले गरिने यो आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ ।’
यसअघि पार्टी सभापति शेरबहादुर देउवाको गृह डडेल्धुरामा प्रहरी लगाएर अधिवेशन गरेको थियो । यस अधिवेशनप्रति नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।
सम्बन्धित

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया