बुद्धि खेलायो भने प्रचण्ड, पदको पछि लाग्दा माधव नेपाल भइन्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारमा मन्त्री बन्ने मान्छे नै नभएको बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै उनले मन्त्रालयमा मन्त्री नभएको बताएका हुन् ।
‘मन्त्री बन्ने मान्छे नै छैन, मन्त्रालय छ-मन्त्री छैन,’ उनले भने, ‘मन्त्रालयमा भएका कर्मचारीलाई पनि हैरान, आज ल्याएको फूलका गुच्छा ओइलिएर जान्छ, भोलिपल्ट ल्यायो, फेरि उस्तै ।’
भेलामा बोल्दै अध्यक्ष ओलीले सरकारको मिति १४ महिना भएकाले त्यो अवधिभित्र पूर्ण सरकार बने त्यही राम्रो मान्नु पर्ने अवस्था आएको बताए ।
यस्तै, नेकपा एकीकृत समाजवादीका नेताप्रति लक्षित गर्दै उनले भने, ‘फुटेर चोइटो भएपछि एकीकृत भइँदो रहेछ, मन्त्री पदको पछि लागेर हिँडेकाहरूको यस्तै हालत हुन्छ ।’
भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समेत लक्षित गरे । ‘बुद्धि खेलायो भने प्रचण्ड भइन्छ, पदको पछि लाग्यो भने माधव नेपाल भइन्छ,’ उनले भने, ‘हाम्रो पार्टीमा लाग्नु भएको नेताहरू मन्त्री पद, सांसद र पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर आउनु भएको छ, हाम्रो पार्टी हो, एकीकृत ।’

















NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया