नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सुरु

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको महान पर्वहरू नजिकिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्त रूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको हो ।
आजदेखि सुरु भएको ‘यात्रु सहायता कक्ष’को लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दिपक कुँवरले शुभारम्भ गरे । कार्यक्रममा उनले नयाँ बसपार्कसँगै देशको सबै प्रदेशसँग सञ्जाल जोडिएको भन्दै चाडबाडमा हुन सक्ने चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुलाई सहज रूपमा गन्तव्य स्थलसम्म जाने वातावरण निर्माणमा ‘यात्रु सहायता कक्ष’बाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले चाडबाडका लागि घर जाने टिकटसम्बन्धी कुनै समस्या परे त्यसको समाधान गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याउन लागेको बताए । ‘यात्रु सहायता कक्ष’ले दसैँ मान्न घर जान लागेका यात्रुलाई सहजता प्रदान गर्ने उनको भनाइ छ ।
हाल काठमाडौँको नयाँबसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।











पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश
प्रहरी बनेर रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ
बिपीको मेलमिलापको सान्दर्भिकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया