पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल पुस १४ गते साेमबार तदनुसार सन् २०२५ डिसेम्बर २९ तारिख । पौष शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : कारोबार विस्तारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। धर्म र सेवामुलक कर्मले गर्दा समाजमा मानसम्मानमा वृद्धि हुनेछ। उचित समय र भाग्यको उदयले गर्दा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष :शारीरिक रुपमा केही दुर्बलता हुनसक्ने सम्भावना प्रबल रहेकाले खानपान र स्वस्थ्य जीवनशैलीमा ध्यान पुर्याउनु राम्रो हुन्छ। काममा मन नहुनाले केही ढिलासुस्ती होला त्यसैले लगनशील भएर कार्य गर्नुहोला। कुनै शुभ कार्य गर्नु भन्दा अघि भगवान गणेशलाई स्मरण गरेर अघि बढ्नाले बाधा पन्छिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : स्वत: स्फुर्तीका साथ लिएको निर्णयले लाभ हुनेछ। गरेको काममा सफलता मिल्नाले मनमा शान्ति छाउला। आर्थिक पक्षमा धन हानि हुनसक्छ त्यसैले विचारपूर्वक खर्च गर्नुहोला। व्यापार व्यवसायमा मान्यजनको सहयोगले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : पहिला गरेको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। आकस्मिक धन खर्च हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनावश्यक खर्च नगर्नुहोस्। कार्यक्षेत्रमा आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
सिंह : व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। थोरै लगानिले पनि धेरै लाभ गराउने समय रहेको छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा मनोवान्छित नतिजाले प्रसन्न तुल्याउने छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या :
तुला : पहिला गरेको लगानिमा सफल नहुनाले आम्दनीको स्रोत कमजोर रहनेछ। फाइदाको लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। हरेष नखाई गरेको कामले आराम देला। लगानी बिस्तार गर्न शुभ समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा नयाँ अवसरको लागि संघर्ष गर्नुपर्ला। व्यक्तिगत रुचिको सामानमा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोला साथै हनुमानजीको आराधना गरेर मात्र यात्रामा निस्कनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
धनु :मन प्रफुल्ल रहनाले मुहारमा कान्ति छाईरहला। आर्थिक पक्ष सबल रहनाले लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। टाढाको यात्रा खर्चिलो र रोचक बन्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर : छर छिमेकीसँग असमझदारी बढ्ने योग रहेकाले लेनदेन र रुखो बोली बोल्नबाट टाढा रहनुनै उचित हुन्छ। सोचेको नतिजा तत्काल प्राप्त नहोला त्यसैले परिश्रमलाई सर्वोपरी मानेरै कार्य गर्दा राम्रो। नोकरी वा पेशामा धैर्यताको परिचय दिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ : आफुले गेरेको कार्यमा योग्यताको मूल्यांकन हुनाले कामबाट सम्मान मिल्नेछ। परिस्थिति र भाग्यको नियतिले नयाँ मार्गप्रशस्त गराउने समय रहेको छ। भौतिक सुख सुविधामा मन रमाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मीन :प्रियजनहरूसँगको अप्रत्याशित रमाईलो भेटघाटले दिन उत्साहजनक र प्रेममय रहनेछ। सद्भावनाको समन्वयले मनमा हर्ष र उमंगले डेरा जमाउनेछ नयाँ कार्य थालनी हुनेछ। साहासिक खेलको प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।











पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेकाे विदेशी मुद्राको विनिमयदर
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया