आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा
मेरोन्यूज
२०७८ असोज ८ गते १३:०३

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन ‘हेर्न नमिल्ने’मा राखिएको छ । सुनुवाईका लागि शुक्रबार पेसी तोकिए इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा पेसी तोकिएको पनि सो निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।
आलमलाई थुनामा राखेर सुनुवाई प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले फैसला गरिसकेको छ । तर, उनले आफू थुनामुक्त हुनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
विष्फोटक पदार्थ बम बनाउने क्रममा विष्फोट भई घाइते भएका करिब दुई दर्जन व्यक्तिलाई जिउँदै आगो लगाएरमा मारेको आरोपमा उनी पक्राउ परेका थिए ।
उनले दायर गरेको रिट निवेदन यसअघि पटकपटक पेसी तोकिएको थियो । तर, सुनुवाई हुन सकेको थिएन ।
सम्बन्धित
















जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
पर्साबाट २ सय १३ किलो गाँजा बरामद
ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया