अरुण भ्याली, साहस उर्जा र नबिल बैंकको लाभांश वितरण आज सकिदै

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले असोज २४ गतेको साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर वितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडि बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने नियम छ ।
यस्तै साहस उर्जा लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने समय आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले असोज ६ गते बुधबारबाट सर्वसाधारणको लागि साधारण सेयर निष्काशन बिकी खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो ।
७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन् । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा असोज १० सम्म आवेदन दिन सकिने छ ।
कम्पनीको आईपिओमा गत शुक्रबार अर्थात् तेस्रो दिनसम्म ३.८२ गुणा बढीको आवेदन परेको छ । कम्पनीले ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक आयोजनाबाट निर्माण गरिरहेको छ ।
यसैबीच नबिल इन्भेष्टमेन्ट बैंकिङले संचालन गरेका २ वटा सामूहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आइतबार अर्थात असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणको लागि असोज ११ गते बुक क्लोज गरेकोले आइतबार कायम लगानीकर्ताले नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को लाभांश पाउँन सक्ने छन् ।
आर्थिक वर्ष ७७÷७८ को नबिल इक्विटी फण्डले करसहित ४० प्रतिशतले हुन आउने ५० करोड बराबरको नगद लाभांश वितरण गर्ने छ । त्यस्तै नबिल ब्यालेन्सड फण्ड २ ले करसहित ३५ प्रतिशतले हुन आउने ३९ करोड २० लाख बराबरको नगद लाभांश वितरण गर्ने छ । यो दुवै योजना नबिल म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया