एमाले केन्द्रीय कमिटि बैठक छोडेर किन हिँडे भीम रावल ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटि बैठक छोडेर उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । अध्यक्ष केपी ओलीले विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ नदिदै उनी बैठक स्थल छोडेर हिँडेका हुन् ।
उनले पार्टी केन्द्रीय कमिटि बैठकको शुरुकै दिन शुक्रवार १० वुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र पार्टीलाई जेठ २, २०७५ मा फर्काउनु पर्ने बताएका थिए । त्यसबेला उनलाई सुदुरपश्चिमकै भानुभक्त जोशी र झपट रावलले साथ दिएका थिए ।
माधव नेपाल छोडेर एमालेमै रहेका मझधारका नेताहरुले पार्टीमा ओलीले सहमति लत्याउन खोजेको आरोप लगाउँदै आईरहेका छन् ।
पार्टीलाई जेठ २ मा फर्काउन नसक्ने हो भने १० वुदे सहमति खारेजको घोषणा गर्न सक्नुहुन्छ भन्दै शुक्रवारको बैठकमा रावलले प्रश्न उठाएका थिए ।
उनी सुदुरपश्चिम प्रदेशका इन्चार्ज थिए । तर ओलीले माओवादी छोडेर आएका लेखराज भट्टलाई नै इन्चार्जको रुपमा प्रयोग गरिरहेपछि रावल असन्तुष्ट थिए । उनले पार्टी स्थायी समिति बैठकमा सहभागी भएपनि खास केही नबोली बसेका थिए । त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा केही वेर बसेर वाहिरिएका हुन् ।
उनले अहिले म केही वताउँदिन बेला आएपछि बताउँछु, बोल्छु भन्दै बैठकस्थल छोडेर हिडेका थिए । त्यस्तै आजको बैठकमा अष्टलक्ष्मी शाक्य पनि सहभागी छैनन ।

















गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया