१० बुँदेबारे छलफल गर्न एमालेले स्थायी समिति बैठक बोलायो
मेरोन्यूज
२०७८ असोज १० गते १८:०१

कठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गरिएको १० बुँदे सम्झौताबारे स्थायी समितिले निर्णय गर्ने भएको छ ।
एमाले केन्द्रीय समितिको शुक्रबारबाट सुरु भएको बैठकले १० बुँदे सहमतिको जिम्मा स्थायी समितिलाई दिएको हो ।
पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
आइतबार केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले १० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिए ।
बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको छ ।
सम्बन्धित
















रूसमा ड्रोन आक्रमण: ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
प्रतिक्रिया