शनिबार, फागुन ९, २०८२

झापाका १५ पालिकामा नेतृत्व चयन

मेरोन्यूज २०७८ असोज ११ गते १०:४१

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटा पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्य समिति चयन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।

उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५÷६५ मत ल्याएर बराबरी भएका छन् । उनहरूमध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिए ।

यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन भएका थिए ।

प्रतिक्रिया