विश्व रेबिज दिवस : नेपालको आधा जनसंख्या उच्च जोखिममा

काठमाडौँ । सेप्टेम्बर २८, अर्थात ‘विश्व रेबिज दिवस’ । ‘रेबिज, तथ्य, डर होइन’ भन्ने नाराका साथ १५ औँ दिवस आज विश्वभर मनाइँदै छ ।
हरेक वर्ष विश्वमा रेबिजबाट लगभग ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । एसियामा मात्रै यस रोगले ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । नेपालमा हरेक वर्ष रेबिजका एक सय नयाँ बिरामी देखिन्छन् ।
पहिले खोप अभाव वा जानकारीको कमीले मानिस रेबिजका कारण ज्यान गुमाउँथे भने अहिले सर्वसुलभ र धेरै अस्पतालबाट निःशुल्क खोप उपलब्ध हुने हुँदासमेत रेबिजबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । सन् २०३० सम्म बौलाहा कुकुरको टोकाईबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य पूरा गर्न कठिन छ ।
९५ प्रतिशत रेबिज बौलाहा कुकुरको टोकाईबाट हुने गरेको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार नेपालको आधा जनसंख्या रेबिजको उच्च जोखिममा र एक चौथाई जनसंख्या मध्यम जोखिममा रहेको विभिन्न अध्ययनले देखाएको छ ।
बौलाहा कुकुरको र्याल घाउ, मुख, आँखामा पर्दासमेत रोग सर्न सक्छ भन्ने थाहा नहुनु, खोप टोकेको दिन मात्र लगाए हुन्छ भन्ने गलत धारणा बोक्नु, रेबिज इमुनोग्लोबिनको प्रयोगबारे जानकारी नहुँदा मृत्युदर घट्नुको साटो बढ्दै गएको छ । सन् २०३० सम्म बौलाहा कुकुरको टोकाईबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य पूरा गर्न कठिन छ ।
कसरी बच्ने ?
बालबालिकालाई कुकुरसँत खेल्न नदिने ।
जंगली वा नचिनेका जनावरलाई नचलाउने ।
कुकुरलाई नियमित रेबिजविरुद्धको खोप लगाउने ।
घाउमा बेसार र माटोलगायत अन्य घरेलु उपचारतिर नलाग्ने ।
झारफुक, चिरफार नगर्ने ।
गहिरो घाउ हुने गरी टोकेको, कुकुरको र्याल घाउ वा म्युकस मेम्ब्रेन (आँखा, मुख, योनीमा) परेको, जंगली जनावरको टोकाई, चमेरोको प्रत्यक्ष सम्पर्क आदिको अवस्थामा १५ मिनेटसम्म साबुन पानीले धुने र एन्टिसेप्टिक दल्ने, तुरुन्त खोप लगाउने ।















मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्रतिक्रिया