दशैं नजिकियो, चहलपहल बढ्यो (फोटोफिचर)

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै काठमाडौंका मुख्य बजार क्षेत्रहरुमा चहलपहल ह्वात्तै बढेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण लामो समयको निषेधाज्ञाका कारण सुनसान बनेका सडकमा चाप बढ्नुका साथै बजार पसलहरुमा पनि ग्राहकको भीँड बढ्न थालेको छ ।
कोरोनाका कारण थलिएको बजार क्षेत्रका ब्यापारीहरु यतिबेला ग्राहक आउन थालेपछि मुर्झाउन थालेका छन् । दशैं नदिकिँदै गर्दा देशैभरको निषेधाज्ञा हटाइएको छ भने बजार क्षेत्रमा पनि बाक्लो चहलपहल देखिन थालेको छ ।

मंगलबार काठमाडौंको न्यूरोड, असन, लगायतका क्षेत्रमा दशैंका लागि किनमेल गर्न आएका ग्राहकलाई मालसामान देखाउन ब्यापारीहरु ब्यस्त रहेका देखिन्थे ।
बजारमा किनमेल गर्न आउने ग्राहकको भीँड पनि बाक्लै देखिएको थियो ।
बजारमा चहलपहल बढेपछि ब्यापारीहरुले ग्राहकलाई आकर्षित गर्ने विभिन्न योजनाहरु पनि अघि सारेका छन् ।
हरेकजसो पसलमा विभिन्न अपरहरुका बोर्डहरु पनि देखिन थालेका छन् ।
सबैभन्दा बढी दशैंका लागि कपडा किनमेल गर्न आएका ग्राहकहरु बढी देखिएका थियो । कोरोनाले झण्डै दुई वर्षदेखि थलिएका ब्यापारीहरु चहलपहल बढेपछि हौसिएका छन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।















मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
प्रतिक्रिया