प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध कायमै राख्ने
मेरोन्यूज
२०७८ असोज १४ गते ७:३७

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहीबार अपरान्ह १ बजे बस्ने भएको हो । भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभाको जारी अधिवेशनमा एमालेले लगातर अवरोध गर्दै आएको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध अन्त्य गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलिए बैठक बोलाएका छन् । बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ । यदी संसद् अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष नेकपा एमाले सहमति नभए सरकारले आजैबाट प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गर्ने जनाइएको छ ।
तर, एमालेले संसद् बैठक अवरोध गर्ने जनाइएको छ । एमाले सचेतका शान्ता चौधरीले प्रतिनिधि सभाको बैठकमा अवरो जारी रहने बताइन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सम्बन्धित

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया