आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको छ : गगन थापा
मेरोन्यूज
२०७८ असोज १६ गते १३:१७

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौँ नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै १४ औँ महाधिवेशनबाट केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका छन् ।
‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने काग्रेस चाहिएको छ,’ उनले भने, ‘आज जसरी चलेको छ यसले यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन ।’
उनले कांग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताएका छन् । आगामी तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनु पर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिस्ट र मधेसवादी दल मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न थापाको आग्रह छ ।
सम्बन्धित

















उदयपुरकाे अँधेरीमा बस खस्याे, १५ जना घाइते
Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया