आइतबार, फागुन १०, २०८२

देउवाले अवसर पाएर काम गर्न सक्नु भएन : नेता सिंह

मेरोन्यूज २०७८ असोज १६ गते १३:४९

काठमाडौँ । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनु पर्नेमा जोड दिए । शनिबार पार्टीको काठमाडौँ महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क राखेका थिए ।

नेता सिंहले भने, ‘लिडरसिप परिवर्तन गर्नु पर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धिकरण गर्न र सुदृढ गर्न, अवसर पाएर काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ, अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नु पर्छ, नत्र भने राम्रो हुँदैन ।’

यस्तै, नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी रहेको बताए । उनले सभापतिमा आफू कुन कारणले अयोग्य छु ? भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गरेका थिए ।

प्रतिक्रिया