मेलम्ची–हेलम्बु बाढीपीडितलाई राहत वितरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद सात लाख ५० हजार वितरण गरिएको हो ।
उक्त नगद क्षेत्र नं २ का सभापति आइतमान तामाङका संयोजकत्वमा कांग्रेस जिल्ला सभापति विकास लामा, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङ, जिल्ला सदस्यद्वय पेम्बा ग्यालजेन शेर्पा र सिपी चौलगाईँ, युवानेता राजेन्द्रबहादुर गोर्खाली, जिल्ला सदस्य गणेशविक्रम सिलवाल, क्षेत्रीय सदस्य किरणदीप खड्का, क्षेत्रीय प्रतिनिधि कुमार दुलाललगायतका उपस्थितिमा राहतस्वरुप वितरण गरिएको हो ।
गत असार १ र साउन १६ मा मेलम्ची हेलम्बु नदीमा आएको बाढीले घर बगाएकाहरुलाई मात्रै नगद सहयोग गरिएको र जग्गा तथा पसल बगाएकालाई अर्को व्यवस्था गरिने क्षेत्रीय सभापति तामाङले जानकारी दिए ।
उनका अनुसार राहत वितरणअन्तर्गत मेलम्ची बजारमा ४६ घरपरिवारलाई चार हजारका दरले नगद वितरण गरिएको थियो भने तालामाराङमा एकमुष्ट एक लाख नगद वडा सभापतिलाई जिम्मा लगाइएको थियो । त्यस्तै हेलम्बु लागि एकमुष्ट तीन लाख ५० हजार प्रत्येक वडाका सभापतिलाई जिम्मा लगाइएको र मेलम्ची–५ सिन्धुकोटका पहिरापीडित पाँच घरधुरीलाई चार हजारका दरले नगद २० हजार सहयोग गरिएको थियो । सो अवसरमा कांग्रेसका जिल्ला सभापति लामाले दशैँलगत्तै पालिका र जिल्ला अधिवेशन गरिने जानकारी दिए । रासस













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया