शाहरुख खानका छोरा पक्राउ
मेरोन्यूज
२०७८ असोज १७ गते १६:२८

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् । अभिनेता खानका २३ वर्षीया छोरा आर्यानलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो ।
मुम्बईस्थित समुद्री किनारको क्रूज सीप पार्टीमा उनीहरुले लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेको छ । उनीहरुको समूहमा दुई महिला समेत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुनमुन धमेचा, नूपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, आर्यन खान र अरबाज मर्चान्ट पक्राउ परेका हुन् । आर्यनसहित सबै आठ जनामाथि प्रहरीको लागूऔषध नियन्त्रण विभागले प्रश्न गर्दैछ ।
उनीहरुको साथबाट कोकिन, चरेस, मेफेड्रोन जस्ता लागूऔषध प्रहरीले बरामद गरेको जनाएको छ । मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण विभागले पछिल्लो समय बलिउडकर्मीहरुमाथि निगरानी बढाएको छ ।
सम्बन्धित










एनपीएल कान्तिपुर म्याक्सबाट लाइभ हुने
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया