२५ लाख बराबरको पटाकासहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ असोज १७ गते १६:४६

काठमाडौं । पटका भण्डारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले शनिबार राति सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरेको हो ।
यादव कागेश्वरी मनोहरामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । त्यही गोदामबाट दुई हजार १७ किलो पटाका बरामद गरेको प्रहरीले जनाएको छ । यादवले पटकपटक ल्याएर गोदाममा पटाका भण्डारण गर्दै आएका थिए ।
बरामद पटाका करिब २५ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ७ को बिस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गर्न कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया