सरकार ! बुटवल जाने यात्रुले कहाँसम्मको टिकट काट्नुपर्छ ?

काठमाडौं । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायात सेवा बन्द गरेर सोमबार विरोध प्रदर्शन भयो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा भाडा समायोजनको एक सूत्रीय माग राखेर उनीले सडकमै गाडी तेर्साएर बाटो अवरोध गरे ।
उनीहरूले सरकार, म मरूँ कि बाचौँ ? जस्ता प्लेकार्डहरु गाडीमा झुण्डिएका थिए ।
यातायात ब्यवसायीहरुको आन्दोलन चलिरहँदा काठमाडौंबाट देशैभरका लागि यात्रुवाहक गाडी छुट्ने ठाउँ नयाँ बसपार्कको दृष्य भने फरक थियो ।

टिकट काउन्टर अगाडि मध्यम तथा लामो दूरीको सार्वजनिक सवारीको पछिल्लो पटक लागू गरिएको भाडा दर तोकिएको बोर्डहरु राखिएका छन् । असार २९ गतेदेखि लागू हुने गरी तोकिएको भाडा दर उल्लेखित बोर्डले यात्रुलाई गिज्याइरहेको थियो ।
दशैंका लागि असोज ११ गतेदेखि अग्रिम बुकिङ खुला गरिएको छ । दशैंका लागि भन्दै खुला गरिएको अग्रिम टिकट बुकिङ काउन्टरमा पुगेका यात्रुले खोजेको ठाउँको टिकट भने पाउँदैनन् ।
यात्रुलाई डिलक्स, एसी बसका लागि भन्दै हातले लेखिएको दररेट बस काउन्टरको भित्तामा टाँसिएका छन् ।

त्यहि भित्ता टाँसिएको भाडादरमा पनि खोजेको ठाउँको टिकट पाइँदैन । सोमबार बुटवल जाने टिकट मागेका यात्रु सुशील शर्माले बुटवलको टिकट पाएनन् । उनलाई काठमाडौंदेखि चाकलचौकीसम्मको टिकट काटियो ।
सुशील मात्र होइन, अधिकांश यात्रुले जुन ठाउँ जाने हो, त्यो भन्दा टाढाको टिकट काट्नुपर्छ । टिकट सकिएको भन्दै नजिकका यात्रुलाई पनि टाढाको टिकट काट्न बाध्य पारिएको छ ।
दशैंको बेलामा यात्रुहरुलाई सहज होस् भनेर हरेक वर्ष अग्रिम टिकट बुकिङ गर्ने गरिएको छ । तर हरेक वर्ष यात्रुहरु ठगिने गरेका छन् ।
















इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया