सरकार ! बुटवल जाने यात्रुले कहाँसम्मको टिकट काट्नुपर्छ ?

काठमाडौं । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायात सेवा बन्द गरेर सोमबार विरोध प्रदर्शन भयो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा भाडा समायोजनको एक सूत्रीय माग राखेर उनीले सडकमै गाडी तेर्साएर बाटो अवरोध गरे ।
उनीहरूले सरकार, म मरूँ कि बाचौँ ? जस्ता प्लेकार्डहरु गाडीमा झुण्डिएका थिए ।
यातायात ब्यवसायीहरुको आन्दोलन चलिरहँदा काठमाडौंबाट देशैभरका लागि यात्रुवाहक गाडी छुट्ने ठाउँ नयाँ बसपार्कको दृष्य भने फरक थियो ।

टिकट काउन्टर अगाडि मध्यम तथा लामो दूरीको सार्वजनिक सवारीको पछिल्लो पटक लागू गरिएको भाडा दर तोकिएको बोर्डहरु राखिएका छन् । असार २९ गतेदेखि लागू हुने गरी तोकिएको भाडा दर उल्लेखित बोर्डले यात्रुलाई गिज्याइरहेको थियो ।
दशैंका लागि असोज ११ गतेदेखि अग्रिम बुकिङ खुला गरिएको छ । दशैंका लागि भन्दै खुला गरिएको अग्रिम टिकट बुकिङ काउन्टरमा पुगेका यात्रुले खोजेको ठाउँको टिकट भने पाउँदैनन् ।
यात्रुलाई डिलक्स, एसी बसका लागि भन्दै हातले लेखिएको दररेट बस काउन्टरको भित्तामा टाँसिएका छन् ।

त्यहि भित्ता टाँसिएको भाडादरमा पनि खोजेको ठाउँको टिकट पाइँदैन । सोमबार बुटवल जाने टिकट मागेका यात्रु सुशील शर्माले बुटवलको टिकट पाएनन् । उनलाई काठमाडौंदेखि चाकलचौकीसम्मको टिकट काटियो ।
सुशील मात्र होइन, अधिकांश यात्रुले जुन ठाउँ जाने हो, त्यो भन्दा टाढाको टिकट काट्नुपर्छ । टिकट सकिएको भन्दै नजिकका यात्रुलाई पनि टाढाको टिकट काट्न बाध्य पारिएको छ ।
दशैंको बेलामा यात्रुहरुलाई सहज होस् भनेर हरेक वर्ष अग्रिम टिकट बुकिङ गर्ने गरिएको छ । तर हरेक वर्ष यात्रुहरु ठगिने गरेका छन् ।
















Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया