प्रतिपक्षी दलको विषय सुन्नै नचाहेको बडुको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको बताए ।
सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधिसभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको उनले बताए ।
संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनले बताए ।
संसद खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उनको भनाई छ ।
उनले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रुपमा अगाडि बढाउन आम धारणा बनेको बताए ।
चुनावी परिणाम विभिन्न समूहको मिश्रित रुपमा आएको भन्दै उनले यसले पार्टीलाई समूहगत रुपमा पनि सन्तुलित राख्ने बताए ।
त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कण्डेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताए ।
सांसद कंडेलले संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताए । प्रतिपक्षी दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उनले बताए ।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया