मन्त्रीको टुङ्गो लगाउन जसपाले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच सत्ता गठबन्धनले मंगलबार मन्त्रीको भागबण्डा टुंगो लगाएको छ ।
गठबन्धनमा रहेका सबै दललाई भागबण्डा मिलेपछि पार्टीबाट मन्त्रीको टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) आन्तरिक छलफलमा जुटेको छ ।
मन्त्रीको भागबण्डा मिलेपछि मंगलबार जसपा संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठकमा मन्त्रीको टुंगो नलागेपछि बुधबार पार्टी कार्यकारी समितिको बैठक बोलाइएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी सरकारमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको जसपाले जनाएको छ ।
पार्टीबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउन बुधबार विहान ११ बजे जसपा केन्द्रीय कार्यकारी समितिको बैठक बालकुमारीमा बस्ने भएको छ । उक्त बैठकले मन्त्रीको नाम टुंगो लगाउने जनसपा नेता महेन्द्र राय यादवले जानकारी दिए ।
जसपालाई भौतिक पूर्धाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालय दिने सत्ता गठबन्धन दलहरुबीच सहमति जुटेको छ ।

















सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया