गलैंचा उद्योगका मजदुरहरुले दिए आन्दोलनको चेतावनी

काठमाडौं । गलैचा उद्योगका मजदुरहरुले राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
गलैंचा उद्योग सम्वद्ध ट्रेड युनियनहरुले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा तथा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट ट्रेड यूनियनहरुले पत्रकार सम्मेलन गरी आफूहरको माग पूरा नभए तिहार र छठलगत्तै आन्दोलनमा उत्रिने बताए ।
नेपाल गलैचा श्रमिक संघका अध्यक्ष सविरमान विकले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने बताए ।
नेपालको अर्थतन्त्रमा राम्रै टेवा पुर्याउन सफल नेपाली गलैचा उद्योग भित्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अहिले पनि १०औं हजार श्रमिकहरु कार्यरत रहेको उनले बताए ।
जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर युनियन नेपालका उप–प्रमुख युवराज जिरेलले अब सडक संघर्षको विकल्प नदेखिएको उल्लेख गरे ।
अखिल नेपाल गलैचा मजदुर संघका अध्यक्ष सोनाम सिं घिसिङले नेपाल सरकारले तोकिएको न्युनतम ज्याला कार्यान्वयन नगरिएको, श्रमिकलाई मजदुरको कुनै आधार प्रमाण नदिनुका साथै श्रम ऐन कानुनले दिएको अधिकारबाट बन्चित गराइएको बताए ।
नेपाल समाजवादी गलैचा मजदुर संघका अध्यक्ष मोलम लामा, अखिल नेपाल क्रान्तिकारी गलैचा मजदुर संघको अध्यक्ष बिशाल सुब्बा, समाजवादी गलैचा श्रमिक संघका अध्यक्ष सुरेश मोक्तान लगायतले गलैचा श्रमिकहरुलाई आफ्नो पहिचानसहित पेशागत अधिकारका निमित्त एकजुट हुन आग्रह गरेका थिए ।

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया