आइतबार, मंसिर २१, २०८२

मन्त्रीको नाम टुंग्याउन पौडेल समूहले डाक्यो बैठक

मेरोन्यूज २०७८ असोज २० गते १३:२४

काठमाडौं । मन्त्रीहरूको नामका विषयमा निर्णय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्ने भएको छ । पौडेल समूहको बैठक आज दिउँसो ३ बजे डा. रामशरण महतको निवास बाँसबारीमा बस्ने पौडेल समुहका एक नेताले बताए ।

कम्तीमा तीन मन्त्री आफ्नो समूहले पाउनुपर्ने दाबी गर्दै आएको पौडेल पक्षलाई गठन्बधन व्यवस्थापनका लागि त्योभन्दा बढी संख्या नहुने जानकारी दिइएपछि पौडेल समूहले दुईजनाको नाममा निर्णय गर्न लागेको छ ।

पौडेल समूहबाट डा.मीनेन्द्र रिजाल, सुजाता कोइराला, , दिलेन्द्रप्रसाद बडु र तेजुलाल चौधरीको नाम अघि सारिएको छ । भने यी मध्ये पनि दुई जनाको मात्र नाम सिफारिस गर्न पाउँने छन् ।

पौडेल समुहका एक नेताले भने “प्रधानमन्त्रीले शपथ खुवाउन जानुअघि नाम पाउनुहुनेछ ।”

उनले समूहमा यसअघि नै सामूहिक निर्णयबाट आवश्यकता परेका दिन मात्र नाम दिने निर्णय भइसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया