मन्त्रीको नाम टुंगो लगाउन एकीकृत समाजवादीको बैठक बस्दै
एमाले नेता जोशी समाजवादीमा प्रवेश गर्दै
मेरोन्यूज
२०७८ असोज २१ गते ९:४३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने नेता विरोध खतिवडाले बताए । बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने बताइएको छ ।
एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने बताएको छ । उक्त पार्टीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आलेलाई मन्त्री बनाउने चर्चा छ ।
यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् । एमालेबाट राजीनामा दिएर जोशी एकीकृत समाजवादीमा प्रवेश गर्न लागिएको नेता खतिवडाले जानकारी गराए । पुर्व वन मन्त्री समेत रहेका जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् ।
सम्बन्धित
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया