एमाले सांसद भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश
नेकपा एकीकृत समाजवादीले जोशीलाई दियो स्थायी समिति सदस्यको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेका प्रतिनिधीसभा सदस्य तथा केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उनलाई टिका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
जोशी सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता पनि हुन् । एमालेमा जोशी सुदुरपश्चिम प्रदेशका अध्यक्ष थिए । जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले यसअघि वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनी पहिले माधव नेपाल एमालेमा रहँदा माधव नेपालसँगै रहेका थिए । तर पछि माधव नेपालले अलग पार्टी गठन गरेपछि उनी भीम रावल लगायत नेताहरुसँगै एमालेमै रहेका थिए ।
तर उनले एमालेमा ब्यीक्तवाद हावी भएकोले आफु नेकपा एकीकृत समाजवादीमा आएका वताएका छन् ।
उनलाई नेकपा एसले पार्टीको स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी दिने भएको छ । अध्यक्ष माधव नेपालले उनलाई पार्टी प्रवेश गराउँदै आजै बस्ने स्थायी कमिटि बैठकले स्थायी कमिटि सदस्यको जिम्मेवारी दिने सुनाएका थिए ।


















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया