आइतबार, फागुन १०, २०८२

माधव नेपालले भने : एमाले केपी ओलीको प्राइभेट कम्पनी मात्रै हो

मेरोन्यूज २०७८ असोज २१ गते १२:२५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली सवै हिसावले च्यूत भएर सिद्दिने दिशामा गएको आरोप लगाएका छन् । एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सम्पूर्ण रुपले च्यूत भईसकेको औपचारिक दिन हेर्न मात्र वाँकी रहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence


‘केपी ओली सवै हिसावले आदर्शवाट च्यूत भईसकेका छन् । अव सम्पूर्ण रुपले च्यूत भईसकेको औपचारिक रुपमा त्यो दिन हेर्न वाकी छ । हामी पहिले देखि नै ओलीलाई सुधार्न सकिदनै भन्ने निश्कर्षमा पुगेका थियौं ।’ अध्यक्ष नेपालले भने,–‘ब्यक्तिवाद, गुटवाद र निरंकुशता उनीमा चरमोत्कर्षमा छ । राष्टियताको मामलामा आत्मसमर्पणको नीति आत्मसाथ गरेका छन् । समाजवादको निति विर्सेर यथास्थितीमा रह्न थालेकोले त्यहा ठूलो अन्र्तसंर्घष चलेको र त्यसको सामना गर्ने आँट केपी ओलीमा भएन । उनले केन्द्रीय कमिटि विघटन गर्न पुगे । आफु सँग असहमत भएकालाई पन्छाएर सिंगो पार्टी आफनो कब्जामा राख्न खोजे । त्यहाँ सामुहिकता छैन, छलफल छैन । त्यो एउटा ब्यक्तिको प्राइभेट कम्पनीको रुपमा रुपान्तरण हुन थालेको छ । ’

नेपालले एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशन लाई तमासाको संज्ञा पनि दिए ।

‘विधान महाधिवेशनका नाममा भेला गरिएका तमसा र त्यसले देखाएको निश्कर्ष ले सही ट्याकमा लाउन नसक्ने भन्दै जोशी नेकपा एसमा प्रवेश गरेको सँगसागै काम गर्न नयाँ उत्साह ल्याएर पार्टीमा समावेश हुन आईपुग्नु भएको हो,’ माधव नेपालले भने ।

प्रतिक्रिया