चलचित्र “प्रेमगन्ज”को ३३ दिनमा सकियो काठमाडौँ छायांकन

काठमाडौँ । अघिल्लो लकडाउनमा छायांकन सुरु भएको चलचित्र “प्रेमगन्ज”को काठमाडौँ सेड्युल ३३ दिनमा सकिएको छ । यसभन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौँमा ३३ दिन छाँयाकन भएको हो । अझै चलचित्रको सम्पुर्ण सुट सक्न भने १५ दिन लाग्ने छ, जुन दसैँ पछिको कार्यतालिका अनुसार काभ्रेको नाला, दोभानटार, सुनापाती र मादनमा हुने छ ।
सामान्य तया नेपाली चलचित्रको छायाकंन ४० दिनको रहने गर्छ । अझ धेरै जस्तो चलचित्र त २५ देखि ३० दिन मात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छाँयाकन चल्ने छ ।

अन्य तिन वटा नेपाली चलचित्र खिचे झै तपाइँले यस्मा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो ? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने “अन्य नेपाली चलचित्रमा पचपन्नदेखि एक सयको हराहारी सम्म्को दृश्य संख्या हुन्छ । यसमा ए÷बि सहित तीन सय पचास दृश्य छ । लगभग दस हजार सट छ । त्यस मध्ये पनि लोकेशन अतिनै सिफ्ट छ । त्यसकारण पनि धेरै दिन लागेको होला त्यो बाहेक त्यस्तो अरु कुनै विशेष कारण नभएको उनले बताए ।

तीन सय पचास दृश्य र दसहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ ।
सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।















बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया