न्याय माग्न २० दिन हिँडेर नेपालगन्जदेखि काठमाडौँसम्म (फोटोफिचर)

काठमाडौँ । न्याय माग्दै नेपालगन्जबाट पदैलयात्रा गरेर महिलाहरु काठमाडौँ आइपुगेका छन् । शुक्रबार बिहान काठमाडौँ आइपुगेका उनीहरु न्याय माग्दै माइतीघर मण्डलामा भर्ना दिइरहेका छन् ।

उनीहरु नेपालगन्जबाट २० दिन लगाएर काठमाडौँ पुगेका हुन् । न्यायका लागि महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जना नेपालगन्जदेखि पैदलयात्रामा काठमाडौँ आएका हुन् । उनीहरूले ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार’ भन्दै २० दिनदेखि पैदलयात्रा गरेका हुन् ।

उनीहरूले नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मी हत्याका दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । २० दिनदेखि पदैलयात्रा गरेर काठमाडौँ आएकी रुबु खानले बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई कारबाही गर्नुपर्ने बताएकी छन् । बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुमी हत्यामा किटानी जाहेरी दिँदा पनि एसपी अधिकारी र डिएसपी न्यौपानेलाई अनुसन्धान अगाडि नबढाएको महिलाहरूले बताएका छन् ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया