मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेको भन्नेमा सत्यता छैन : मन्त्री कार्की
मेरोन्यूज
२०७८ असोज २२ गते १३:५३

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग नमागेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयमा कुनै सत्यता नभएको बताए ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसको जवाफमा सरकारका प्रवक्तासमेत रहेका कानुन मन्त्री कार्कीले प्रधान्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषयको भ्रममा नपर्न आग्रह गरे ।
मन्त्री कार्कीले प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट संघीय निजामति सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएका थिए ।
सम्बन्धित

















पाक–अफगान सीमा तनाव चुलियो
यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
प्रतिक्रिया