नागार्जुनमा साधना लघुवित्तको नयाँ शाखा

काठमाडौँ । काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको शनिबार काठमाडौँको नागार्जुनमा शाखा कार्यालय स्थापना गरेको हो । नयाँ शाखाको नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरे ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य रेग्मीले साधना लघुवित्तले घरदैलोमा बैंकिङ सेवा पु¥याउन महत्वपूर्ण भूमिका र राष्ट्र बैंकले क, ख, ग, घ वर्गका कति बैंक तथा वित्तीय संस्था आवश्यक छ अध्ययन गरेर अनुमतिपत्र प्रदान गर्नुपर्ने उल्लेख गरे ।
कार्यकारी अधिकृत न्यौपानेले साधना लघुवित्तले चालू आर्थिक वर्षमा १६ शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । “ग्रामीण तथा सहरी क्षेत्रमा वित्तीय सेवासँगै वित्तीय साक्षरता दिन जरुरी छ”, उनले भने ।
साधना लघुवित्तले चार वर्षको अवधिमा ३१ जिल्लामा ९३ शाखा स्थापना गरी तीन अर्ब ८० करोड कर्जा लगानी गरिसकेको छ । उक्त वित्तीय संस्थाले ७७ हजारभन्दा बढी घरपरिवारलाई प्रतक्ष्य वित्तीय सेवा दिँदै आएको छ ।













त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया