‘विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम’

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मानयता, संस्कार र पर्वलाई समयानुकूल बनाउनुपर्ने बताएका छन् ।
विजयादशमी २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार प्रवृत्तिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधतायुक्त सुन्दर राष्ट्र भएको उल्लेख गर्दैै शुभकामना सन्देशमा उनले भने, “विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम हो ।”
सबै जाति, भाषा संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको उल्लेख गर्दै उनको सन्देशमा दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको उल्लेख गरेका छन्। साथै यसलाई थप विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको आवश्यकता भएको सन्देशमा जनाइएको छ ।
आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा पर्व मनाउन सम्पूर्ण देश र विदेशमा रहेको नेपालीमा अनुरोध गर्दै मुख्यमन्त्री पोखरेलले सन्देशमा कोभिड–१९ को खतरा अभैm कायमै रहेकालेसरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाइ खुसीयाली साट्न जोड दिएको छ ।

















सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया