सिन्धुपाल्चोकमा बस दुर्घटना : ३३ घाइते, तीनको अवस्था गम्भीर
सिन्धुपाल्चोक । काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो ।
बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।
त्यस्तै गोरखा–बेनिघाट आरुघाट सडकखण्ड अन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडार भिरमा बलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बेनिघाटबाट धादिङको माझीटारतर्फ जाँदै गरेको बा२०च ४४०० नम्बरको बलेरो जिप आज अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते भएकाको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको छ । अन्य घाइेतको भने मलेखु सामुदायिक अस्पताल धादिङमा उपचार भइरहेको प्रनाउ दाहालले जानकारी दिए ।
जिप चालकको अवस्था सामान्य रहेको र उनको अहिले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया