व्यापार नहुँदा धनगढीका व्यापारी चिन्तित

काठमाडौं । दशैँको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् ।नेपालीहरुको महान चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् । चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको हो ।
भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेपनि कोरोना महामारीपछि व्यावसाय फस्टाउन सकेको छैन । उनले खुल्ला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो गरे ।
व्यापारी भट्टले भने, ‘चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको छ, भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ, विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गर्दथ्यो, तर कोरोना महामारीपछि सोचेजस्तो व्यापार हुन सकेको छैन ।’
उपभोक्त अञ्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेको बताए । उनले चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गरेको बताए ।
उनले भने, ‘नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेका छन्, चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गर्दछन्, बरु भारतको बजारमा सुपथ मूल्यमा सामान किन्न पाइन्छ ।’
नेपाली बजारमा चाडवाडलाई लक्षित गरेर व्यपारीहरुले आफूखुशी भाउ बढाउन थालेपछि भारतको वन गाउँमा किनमेल गर्न नेपालीहरु सीमापारी जाने गरेका छन् । अहिले त्रिनगर नाकाका किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको उनले बताए ।

















मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया