नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते
मेरोन्यूज
२०७८ कार्तिक १ गते ११:५३

काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए । उनले भने,‘दुर्घटनामा ३० जना घाईते भएका छन् उनिहरुलाई उपचारको लागि अस्पताल पठाउने क्रम जारी छ ।’
बस नालीमा खसेर भित्तामा ठोक्किएको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया